दफा
प्रयोगको लागि पूर्व स्वीकृति लिनु पर्ने
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले मासिक एक लिटर वा एक किलोग्रामभन्दा बढी तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्नु पर्ने भएमा ऐनको दफा ११ को उपदफा (४) बमोजिम पूर्व स्वीकृतिको लागि अनुसूची-१० बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले आवश्यक जाँचबुझ गरी पूर्व स्वीकृति दिन मनासिब देखेमा अनुसूची-११ बमोजिमको ढाँचामा स्वीकृति दिनु पर्नेछ।